नेपालको कर्पोरेट क्षेत्र तथा अन्य विविध क्षत्रलाई लक्ष्यित गरेर नेशनल ट्रेनिङ एण्ड रिसर्च एकेडेमीको सुरुवाद भएको छ ।
नेपालको कर्पोरेट क्षेत्र, व्यवस्थापन, प्रशासन तथा सामाजिक विकासका क्षेत्रमा उत्कृष्ट अनुभव हासिल गरेका व्यक्तिहरुबाट यसको आरम्भ भएको छ । यस टिममा संस्थाको अध्यक्षमा वित्तीय क्षेत्रका विज्ञ सन्तोष नारायण श्रेष्ठ रहनु भएको छ भने प्रमुख कार्यकारी अधिकृतका रुपमा अनिल उपाध्याय यसैगरी, निर्देशकहरुमा आश्मा बिडारी र महेश बस्नेत रहनु भएकाे छ। यो संस्थाले मुलक भित्र र विश्वभरी सबै खाले तालिम र अनुसन्धानका क्रियाकलापमा काम गर्ने वताएको छ ।